
विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२२ का शुभकामनाले भरिएका छन् । नेपालका विभिन्न पर्यटकीय स्थल, होटल तथा रिसोर्टहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भएका थिए ।
नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारराति काठमाण्डौ, पोखरा, बुटवल, चितवनको सौराहालगायतका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम आयोजना भएका थिए । त्यस्ता कार्यक्रममा नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थियो ।
सन् २०२२ को पहिलो दिन आज पनि देशका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएका छन् । ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको मानिन्छ । यस्तै रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




