पर्सा जिल्लामा SEE को तेस्रो दिनको परिक्षा शान्ति पुर्ण रुपमा सम्पन्न

वीरगंज, पर्सा

पर्सा जिल्लामा SEE को तेस्रो दिनको परिक्षा शान्ति पुर्ण रुपमा सम्पन्न भएको छ।

पर्सा जिल्ला‌ स्थित बिभिन्न स्कुल मा परेको SEE परिक्षा केन्द्रमा पर्साका साहयक प्रमुख जिल्ला अधिकारीको नेतृत्व मा अनुगमन गरेएको छ। अनुगमन गर्ने मा सशस्त्र प्रहरी का प्रहरी डि.एस.पी सुमन थापा लगायतले अनुगमन गरेका थिए।

अनुगमन गरेका परिक्षा केन्द्रहरु जस्तै त्रिजुध माध्यमिक विद्यालय,जि.एच.पी.बिद्यालयमा अमगमन गरेका थिए।

अनुगमन गर्ने क्रममा परिक्षा केन्द्रहरु मा शान्ति पुर्ण बाताबरणमा तेस्रो दिनको नेपाली बिषयको परिक्षा सम्पन्न भएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारीले बताए।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको हो। बिहान ८ बजे देखि देशभर एकैसाथ परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको बताए ।

परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका छन।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।
यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले बताए ।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समिति परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरेको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ ।

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close