दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

राहुल गुप्ता
वीरगन्ज स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ। रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्जको आयोजना तथा मधुमेह क्यर को सहयोगमा दशैं तथा दिपावलीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्ज का अध्यक्ष रो. सौरभ बर्णवाल को अध्यक्षता आयोजना भएको निशुल्क स्वास्थ चेकजाचमा नारायणी क्षेत्रीय अस्पताल वीरगन्जका वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंहले बिरामीहरुको मधुमेह तथा रक्तचापको चेकजाँच गरेका थिए ।

त्यस्तै यस निःशुल्क स्वास्थ्य शिविरमा नेपाल फर्मा का lapen diabets Division द्वारा बिरामीहरु लाई निशुल्क औषधि समेत सहयोग गरिएको थियो । उक्त अवसरमा १८० जना बिरामीहरु ले चेकजाँच गरेका थिए ।

आज आयोजना गरिएको निशुल्क शिविरमा रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्ज का सदस्य हरु रो. रजिश चौधरी, रो. रोशनी भट्टराई,रो. सुजल ठाकुर,रो. ईशा अग्रवाल,रो. अर्चि सर्रफ,आशिष भट्टराई,सर्मिला भण्डारी, डिकेश यादव, बादल कर्ण लगायत को उपस्थिति रहेको उक्त संस्था सचिव रो. संगम पण्डित ले जानकारी गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close