पर्साका कोरोनासंक्रमित मेडिकल पसलमा कार्यरत, स्वाब दिएपछि साथीहरुलाई पार्टी

  1. पर्साका कोरोनासंक्रमित मेडिकल पसलमा कार्यरत, स्वाब दिएपछि साथीहरुलाई पार्ट

पर्सा वीरगञ्ज महानगरपालिका–१२ मा शनिबार फेला परेका २८ वर्षीय कोरोना संक्रमित औषधी पसलमा काम गर्दै आएको खुलेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा वडा नम्बर–३ विर्तामा रहेको ओम अस्पतालस्थित औषधी पसलमा कार्यरत रहेको खुलेको हो ।

आफ्नो दिदीको घरमा बस्दै आएका उनले वडा नम्बर ३ मा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि परीक्षणका लागि स्वाबको नमूना दिएका थिए ।

नमूना दिएपछि उनी मुरली–१२ स्थित आफ्नो घर फर्किएका थिए । लामो समयपछि घर फर्किएका उनले २ गते साँझ १०–११ जना साथीहरुलाई गेट टुगेदर पार्टी दिएको पनि खुलासा भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, उनी स्थानीय सैलुनमा दाह्री काट्न गएको र सोही दिन ती हजामले थप २० जनाको कपाल र दाह्री काटेको खुलेको छ ।

त्यसपछि पनि उनी टोलमा घुमिराखेको पाइएको स्थानीयहरु बताउँछन् । हालसम्म सो क्षेत्रलाई सिल नगरिएको र अरुको नमूना परीक्षण नगरिएको उनीहरुको आरोप छ ।
Ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close