देशभरका कोरोना अस्पतालको सेवाबारे अनुगमन गर्न कमिटी गठन गर्ने निर्णय

देशभर कोरोनाभाइरसको उपचार गराइरहेका अस्पतालहरूको सेवाबारे अनुगमन गर्न कमिटी गठन हुने भएको छ।

हाल अस्पतालहरूमा संक्रमितको उपचार र व्यवस्थापनमा हुनुपर्ने कुरामा तालमेल नमिलेको भन्दै सो कुरालाई व्यवस्थापन गर्न कमिटी गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा कमिटीको अनुगमनपछि अस्पतालहरूको सेवामा सुधार आउने दाबी गरे।

मन्त्रालयकै गुणस्तर मापन तथा नियमण महाशाखाको संयोजकत्वमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र नीजि अस्पतालहरूको छाता संगठन (अफिन) समेत रहने गरी कमिटी गठन हुन लागेको हो।

मन्त्रालयले प्रवक्ता देवकोटालाई नै महाशाखाको नेतृत्वको जिम्मा दिएको छ। मन्त्रालयकाे नयाँ प्रवक्ताको जिम्मा भने डा. जागेश्वर गौतमलाई दिइएको छ।

अस्पतालहरूको अनुगमन गर्ने कमिटीले हाल अस्पतालहरूमा के–के सेवा सूचारू भएको छ, के–कस्ता सूचारू हुनुपर्थ्यो र सुरु हुनुपर्ने सेवा किन बन्द भयो भनेर अनुगमन र नियमन गर्नेछ। पछिल्लो समय अस्पतालहरूमा सेवा अवरूद्ध भएको कुरालाई लिएर सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन्।

साथै सरकारले देशभरका अस्पतालहरूमा ओपिडी लगायत सबै सेवा सूचारू गर्ने निर्देशन दिएपनि कति अस्पतालहरूमा यी सेवा सूचारू हुन सकेको छैन। जसले गर्दा अन्य रोगीका विरामीहरू मर्कामा परेका छन्।

मन्त्रालयले पछिल्लो समय क्वारेन्टिन र आइसोलेसन कक्षहरू व्यवस्थित हुन नसकेकोप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close