बिरामी बाबु साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने बालिका, संसार भर भाइरल हुदै

बिरामी बाबु साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने बालिका, संसार भर भाइरल हुदै

लकडाउनको समयमा परेको अप्ठेरोमा अहिले सहयोग गर्ने भनेको परिवारका सदस्य मात्र हुन् । लकडाउनका कारण वाहिर निस्कन नपाएको हुँदा अहिले सबै परिवारका सदस्यसंगै बसेका छन् । एक अर्काको मन भुलाउने बाटो परिवारका सदस्य भएका छन् । तर त्यही परिवारका सदस्यलाई अप्ठेरो भयो भने कति सम्म गर्न सकिन्छ भन्ने उदाहरण एक १५ वर्षकी बालिकाले देखाएकी छन् । भारतकी ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले आफ्ना बिरामी बावुको उपचारका लागि गरेको साहसिक यात्राको अहिले विश्वभर चर्चा भएको छ ।

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरेकी हुन् । आफ्ना विरामी बुवालाई साइकलको सिटमा पछाडी राखेर उनले त्यती धेरै यात्रा तय गरेकी हुन् । साइकलमा लामो समय अनुभव भएकाहरुका लागि पनि निकै कठिन यो यात्रा उनी जस्ती एक सामान्य बालिकाले पार गरेकी हुन् । आफ्नो अभिभावक प्रतिको मायाले नै यो सम्भव भएको हो । ब्यवसायीक खेलाडीले पनि गर्न नसक्ने यस्तो असम्भव कामलाई उनले सम्भव बनाएकी छन् ।alertkhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close