
वीरगंज , जेष्ठ २७ गते मंगलवार ।
वीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा वीरगन्ज उधोग बाणिज्य संघ र वीरगन्जको उधोगी ब्यपारीहरुको तर्फबाट गरि ७० लाख ११ हजार १सय ११ रुपैया एक कार्यक्रम बीच सहयोग हस्तान्तरण भएको थियो ।
बिरगंज उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष गोपाल केडिया र बिरगंज महानगर पालिकाको तर्फबाट मेयर बिजय सरावगीले सम्झौता पत्रमा हस्ताक्षर गरि सो पत्र हस्तान्तरण भएको हो।
सो सम्झौता पत्रमा १५ दिन भित्र पिसिआर मेशिन खरिद गरि कोभिड परिक्षणको लागी नारायणी अस्पतालमा जडान गर्नु पर्नेछ ।बिरगंज महानगर पालिकाको कोरोना काेषमा जम्मा हुने गरि ७०,११,१११ विभिन्न चेक उपलब्ध गराउने र यो चेकको रकम PCR मेशिन खरिद जडान र सन्चालन बाहेकको अन्य कार्यमा प्रयोग गर्न पाउने छैन ।
कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिदका लागि स्थापना गरेको कोरोना कोषमा मंगलवार वीरगन्ज उधोग बाणिज्य संघले ११ लाख ११ हजार १११ र वीरगन्जको उधोगी ब्यपारीहरुको तर्फबाट ५९ लाख रुपैयाँ गरि कुल ७०लाख ११ हजार १११ सहयोग गरेको वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिनु भयो।
PCR मेशिनको लागी त्रिबेणि ग्रुप , चाचान ग्रुप , केडिया ग्रुप , जगद्म्बा सिमेन्ट , रुङ्ग्टा ग्रुप , सरावगी ग्रुप , सालिमार सिमेन्ट , संविधान सभा सदस्य अनिल रुङ्ग्टा लगायतले सहयोग गरेको हो।त्यसै गरि आजै पर्साका ११० जना पत्रकार र बिरगंज महानगर पालिकाका २५० जना कर्मचारीको कोरोना बिमा समेत गरिएको मेयर सरावगीले जनाए।
कोरोना भाईरसको यो महामारीमा अग्रपन्तीमा रहेर काम गर्नु पर्ने सन्चारकर्मी र सफाईकर्मी कर्मचारी बिमा गरिएको र बाकी अन्य पत्रकारहरुको पनि बिमा गरिने समेत बताए।बिरगंज माहानगर पालिकाका मेयर बिजय सरावगीले नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरालाई बिमा गरिएको पोलिसी हस्तान्तरण गर्नु भएको थियो ।यो बिमा प्रिमियर ईन्स्योरेन्स कम्पनी सङ्ग सम्झौता गरेको हो।सो कार्यक्रममा बिरगंजका बैंकहरुलाई पनि कोरोना परिक्षणका लागी भिटिएम किट बितरण गरिएको थियो ।
बिरगंज महानगर पालिकाका प्रशासकीय अधिकृत प्रदिप कुमार निरौलाले कार्यक्रम संचालन गर्नु भएको थियो ।कार्यक्रममा बिरगंज महानगर पालिकाका उप्मेयर शान्ती कार्की , बिरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता , बाबुलाल चाचान , बिरेन्द्र संघाई , रामवतार प्रसाद खन्डेवाल , हिरालाल केडिया , मुर्लीधर रुङ्ग्टा, आत्माराम काबरा , अशोक बैध, राजेश अग्रवाल , अनिल रुङ्ग्टा, चिरञ्जीवी लाल सरावगी , बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , प्रिमियर ईन्स्योरेन्स कम्पनीका शशी बिचित्र लगायत्काको सहभागिता रहेको थियो ।