निसुल्क स्वास्थ्य शिबिरमा ३३६ जनाले चेकजाँच गरे , ३५ जनामा मोतियाबिन्दु फेला।

बिरगंज , भदौ १७ गते शुक्रबार ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा न. २ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

निसुल्क स्वास्थ्य शिबिरमा ३३६ जनाले स्वास्थ्य जाच गरेको थियो ।आँखा चेकजाँच २०० जनाले गरेकोमा ३५ जनामा मोतिया बिन्दु देखीएको थियो भने उनिहरुको निसुल्क अपरेसन गर्ने बताए ।

त्यसैगरि फिजिसियन तर्फ ९६ जना , डेन्टर ( दात ) तर्फ २५ जना र बालरोग तर्फ १५ जनाले चेकजाँच गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराइको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि आलमले स्वास्थ्य चेकजाचका लागि कतिपय महिलाहरु , बृद्वहरु र बालबालिकाहरु चिकित्सालय जान मान्दैनन। सानोतिनो रोग लागेमा पनि पैसाको अभावले होस वा समयको अभावले होस , अस्पताल जान चाहदैन्न त्यस्ता व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजनाले उनिहरु लाई ठूलो लाभ हुने र आफ्नै वडामा निसुल्क स्वास्थ्य शिविरको आयोजनाले खुशी भै चेकजाच गराउन आउछन र त्यस्ता कार्यक्रम हुनु पर्छ र मेरो तर्फबाट जे सहयोग हुन्छ म गर्न तयार भएको बताए ।

त्यसै गरि विशिष्ट अतिथिमा बिरगंज महानगर पालिका वडा न. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली ,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरी,निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपाने ,वीरगन्ज महानगरपालिकाका उप-प्रमुखको प्रेस सल्लाहकार तथा सामुदायिक सेवा केन्द्र छपकैया-२ का आजिवन सदस्य महमद सदाब , वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , रुङ्ग्टा वेलफेयर सोसाईटीका सुरेश रुङ्गटा , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, व्यवस्थीत बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की , दन्तरोग विशेषज्ञ डा. रेयाजुल हक , बालरोग विशेषज्ञ डा. असलम अन्सारी , आँखा विशेषज्ञ डा .महेश सिंह धामी , फिजिसियन विशेषज्ञ डा. रबिरन्जन साह , प्रसुतीरोग विशेषज्ञ डा. प्रिति भट्टराई , सा. से. केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल लगायतकाको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेमा कुमारी सिंह ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close