
रंगप्रसाद तिमिल्सैना
लम्की / असार १७
नेपाल रेडक्रस सोसाइटी कैलालीले कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि भजनी नगरपालिकामा सहयोगी कार्यदल गठन गरेको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाटी कैलाली जिल्ला शाखाद्धारा सञ्चालित “कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” अन्तरगत भजनी नगरपालिकाका विभिन्न ३ वटा वडाका विभिन्न टोलहरुमा सहयोगी कार्यदलको गठन गरिएको हो ।
भजनी नगरपालिकाको वडा नम्बर २ मा कोरोना नियन्त्रण तथा रोकथाम र प्रतिकार्यका लागि तीन टोलमा सहयोगी कार्यदल गठन गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाबहादुर पुनको उपस्थितिमा सहयोगी कार्यदल गठन भएको हो । वडा नम्बर २ को मोहनपुर पल्टुपुर टोलको संयोजकमा केशब राजबंशी, कटानपुर तिनघरुवा टोलको संयोजकमा टेकबहादुर बुढा र रजवारा टोलको संयोजकमा भिमबहादुर चौधरी रहनु भएको छ ।
भजनी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिक्रम चौधरीको उपस्थितिमा वडा नम्बर ३ को काडा पडरिया टोलको सहयोगी कार्यदलको संयोजकमा रामजनम चौधरी, ठेकी जबलपुर कनैयापुर कुसुमघाट टोलको संयोजकमा दीपक चन्द र ढुसी बर्दवाफाटा पकडियापुर बिपीनगर टोलको संयोजकमा किरण जैशी रहनु भेको छ ।
त्यसैगरी वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरीको उपस्थितिमा खैरा बोटचौरा टोलको संयोजकमा चन्द्रलाल चौधरी, थरथरुवा जनकपुर र बहादुर टोलको संयोजकमा कृष्ण प्रसाद चौधरी र सोनाहाफाटा काडा ढिक टोलको संयोजनकमा कृष्ण धमाला रहनुभएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक बिकास नेपालीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गाबहादुर पुन , वडा नम्बर ३ का बिक्रम चौधरी , वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति बासुदेब बिनाडी, भजनी उपशाखाका सभापति नुमाकान्त खडका, सचिव प्रदिप मल्ल, सहसचिव अर्जुन चौधरी, कार्यक्रम संयोजक बिकास नेपाली लगायतकाको उपस्थिति रहेको थियो ।




