
अजित भुजेल
बिरगंज ,कार्तिक ०६ गते बिहीबार ।
बिरगंज महानगर पालिका वडा न. १३ स्थित राधेमाईमा बहिरा विद्यालय को आज एक समारोह बीच उदघाटन भएको छ ।
बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
बहिरा बिधालयका प्रधानाध्यापक मिना श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी , अतिथिमा बिरगंज महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , बहिरा संघ पर्साका सदस्य जुल्फिकार अन्सारी , नगर परिषद सदस्य राजकुमार महतो , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , समाजसेबि दिनानाथ रौनियार , सन्चारकर्मी संतोषमान रन्जितकार , अजित भुजेल , राहुल गुप्ता , मन्सुर खान , बहिरा विद्यार्थीहरु , अभिभावकहरु लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन बहिरा बिधालय व्यवस्थापन समितिका सदस्य रिताक्षेत्रीले गर्नु भएको थियो ।




