कोभिड–१९: विध म्यानेजमेन्टले अब ४ हजारमै पिसिआर परीक्षण गर्ने

सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब ४ हजारमै आरटी/पिसिआर परीक्षण गर्ने भएको छ।

प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा ४ हजार रुपैयाँमा नै आरटी/पिसिआर परीक्षण गर्न सकिने देखिएपछि शूल्क घटाएको ल्याब प्रमुख विके भण्डारीले बताए।

कोभिडको महामारीको समयमा जनताको सेवालाई ध्यानमा राखेर ल्याब खर्च समावेश हुनेगरी मात्र शुल्क राखेको उनले बताए।

१५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको यस ल्याबले करिब ५ घन्टामा तयार हुँदै आएको रिपोर्ट सेवालाई तीव्र बनाउँदै ४ घन्टामै रिपोर्ट लिन सकिने गरी काम गरिरहेको म्यानेजमेन्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हाम्रो प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४ हजार २ सय भन्दा बढी रहेको छ। सरकारले अनुमति दिएसँगै यसअघि प्रति टेष्ट ४ हजार ५ सयका दरले गर्ने भनेर मुल्य तोकेका थियौं।’, ‘हाम्रो प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा ४ हजार रुपैयाँमा नै आरटी /पिसिआर परीक्षण गर्न सकिने देखिन आएको छ’, विज्ञप्तिमा भनिएको छ।

विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिडको महामारीमा परीक्षणको दायरा बढाउँदै छिटो भन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी मिलेको म्यानेजमेन्टले जनाएको छ।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close