
लालबाबु बानिया
पोखरिया १४ भादौ
पर्साको पोखरिया नगरपालिका को ४वटा वार्डअधयक्ष र अस्पताल का मेसु समेत ४५ जना कोरोना लाई अाज पराजित गरेका छन। पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार (मंटु) को दोस्रो पटक को चेकजाँच मा कोरोना पोजेटिभ रिपोर्ट अाएको छ। मेयर रौनियार ले भने मेरो घर परिवार को म र मेरो बुवा बाहेक सबै जना १२ जना र नगरपालिका को वार्डअध्यक्ष र अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादव समेत ४५जना ले कोरोना लाई पराजित गरेका छन ।
मेयर रौनियार ले भने मेरो र मेरो बुवा को रिपोर्ट पोजेटिभ अाएको छ। कोरोना संग अातनु पर्दैन अााफ्नो सुरक्षा घरमा बसेर गर्नु पर्छ । कोरोना भाईरस संग बचन साबुन पानी ले हाथ धुनु पर्यो सरसफाइ मा ध्यान दिनुपर्छ,माक्स पर्योग गर्नु पर्छ।समय समय मा सेन्ट्राजर लगाउनु पर्छ।घरमा बस्नु पर्यो र घर बाहिर गएमा समाजिक दुरी बनाएर बस्ने गरेपछी साथै घरमा बसेर तातो पानी र तातो दूध मा बेसार हालेर खानु पर्यो ,निम्बु पानी खानु पर्यो बढिभन्दा बढी पानी खानु पर्यो साथै अायोर्बेदिक अौषधी पर्योग गरेमा कोरोना अाफै भागने छ ।
मेरो दोस्रो पटक को लडाई मा कोरोना लाई प्राराजित गरेर फर्कने छु यो पर्यास मेरो जारी रहेको छ। सबै भन्दा बढी कोरोना बाट वचन सतर्कता अपनाउन जरुरी को छ। पोखरिया नगरपालिका बाट कोरोना संक्रमित होम अाईसुलेसन मा रहेको २३ जना मध्य १६ जना को रिपोर्ट नगेटिभ अाएको छ।अस्पताल को अाईसुलेसनमा रहेको १४ जना को मध्य १३ जना नगेटिभ अाएको र २८ जना कन्ट्रेकट मध्य मा १६ जना गरि ४५जना को दोस्रो पटक स्वाब पिसिअार चेकजाच मा रिपोर्ट नगेटिभ अाएको छ। बिरगंज नारायणी अस्पताल को प्रयोगशाला मा परिक्षण गर्न लगिएको मा अाज ४५ जना को रिपोर्ट नगेटिभ अाएको पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव ले जनाए का छन।
कोरोना नगेटिभ रिपोरमा मेयर रौनियार र मेयर का बुवा बाहेक १२ जना घरपरिवारको र वार्डअध्यक्ष बंका राउत कुर्मी नन्दलाल कुर्मी,रामबाबु चौहान, सोनालाल साह गोड,पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादव समेत १० जना स्वास्थ्यकर्मी , लगायत ४५ जना रहेका छन।मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यादव का अनुसार मेयर रौनियार ,उनका बुवा,र स्वकिय सचिव राजु रौनियार दोस्रो पटक को स्वाब पिसिअार चेकजाँच गरिएको रिपोर्ट मा पोजेटिभ अाएको छ।




