
बिरगंज , माघ १७ गते शनिबार ।
BMC वीरगन्ज मेघा कलेजका व्यवस्थापन तथा कानुन संकाय प्रथम बर्षका बिधार्थीहरूका लागि Study motivation For Exam एक दिने तालिम नगर सभा गृह वीरगन्जमा सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा र पर्साका प्रमुख न्यायाधीश माननीय धर्मराज पाैडेल ज्युकाे प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा न्यायाधीश माननीय विष्णु अर्याल ज्युकाे विशिष्ट आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रिन्सिपल दिपेन्द्र साह कानु , वार एशाेसिएसन पर्साका अध्यक्ष अधिवक्ता ओम प्रकाश गुप्ता , प्रशिक्षक संन्ताेष कर्ण , नेपाली बिषयका प्रध्यापक बलराम श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गर्नु भयाे ।
साथै कलेजका विधार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भन्ने कार्यक्रम संचालन प्रध्यापक चन्द्रीका प्रसाद पटेलले गर्नु भएको थियो ।




