युथ काँग्रेस नेपाल द्वारा covid care Nepal आप्स सार्वजनिक ।

बिरगंज , बैशाख ३० गते बिहीबार ।

युथ काँग्रेस नेपालले काेराेना भाइरसबाट संक्रमित हुनुभएकाहरुकाे सहायताकाे लागि काेभिड केयर नेपाल (Covid Care Nepal) एप्लिकेसन सार्बजनिक गरेकाे छ। यस ‘काेभिड केयर नेपाल’ एप्लिकेसनमा तपाईंहरुले निम्न सुविधाहरू पाउनुहुनेछ।

कोभिड हस्पिटल: यहाँ देशैभरका कोभिड हस्पिटलहरूको जानकारी पाउन सकिन्छ। आफूलाई पायक पर्ने हस्पिटल पत्ता लगाई एप्लिकेसन मार्फत नै सिधै सम्पर्क गर्न सकिनेछ।
एम्बुलेन्स :यसमा देशै भरका एम्बुलेन्स र चलाकका सम्पर्क नम्बर राखिएका छन्। एप्लिकेसन मार्फत नै सिधै सम्पर्क गर्न सकिने हुँदा समयको बचत गर्नेछ।

आइसोलेसन केन्द्रहरू : आपत्कालीन अवस्थाका लागि नजिकैका आइसोलेसन सेन्टर तथा बफर जोनहरु पत्ता लगाउन सहयोग गर्नेछ।

डाक्टर परामर्श : यसमा डाक्टरहरूबाट होम आइसोलेसनमा रहेका बिरामीहरूको लागि कोभिड सम्बन्धी समस्याहरू बारे परामर्श पाइनेछ।

https://covid.youthcongressnepal.org/

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close