घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न ।

अजित भुजेल

बिरगंज , साउन १६ गते शनिबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा बिरगंजको आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बीरगंज महानगर पालिका वडा समितिको कार्यालय वडा नं. ३ मा घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र वडा समितिको कार्यालय वडा नं. ०३ का अध्यक्ष बैजु स्वर्णकारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिस्ट अतिथि वडा प्रहरी कार्यालय विर्ताका प्र.ना.नि. बसन्त थापा , अस्थायी प्रहरी पोष्ट भगुवाका ईन्चार्ज प्र.स.नि. हारेराम कुर्मी, वडा न.३ का महिला सदस्य संगिता दास, महानगर बोर्ड सदस्य सदबरकतुन नेशा, सामाजिक अभियन्त प्रकाश थारु, माउन्टेन टेलिभिजनका राजेन्द्र सिंह राजपुत सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारी वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, स.सचिव मदन प्रसाद गुप्ता , टिका देवी प्रसाई, जेयाउल हक समानी, साहेब हुसेन, राईजिङ्ग बिरगंज नेपाल, सामुदायिक प्रहरी प्र.स.नि.सर्फलाल प्रसाद यादव, प्र.ज. राज कुमार तामाङ्ग लगायत स्थानिय महिला तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया -२ का सदस्य एवं सन्चारकर्मी अजित कुमार भुजेलले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अब्दुल कैश मिया तेलिले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close