ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको पहलमा र ज्योति रुङ्ग्टाको सहयोगमा बिरगंजको दुई ठाउमा स्पिड ब्रेकर लगाइयो।

अजित भुजेल

बिरगंज , भदौ १० गते बिहीबार ।

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज्योति रुँगटाको सहयोगमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्साको पहलमा आज बिरगंजको मुख्य सडकमा स्पिड ब्रेकर लगाइएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले पर्सा पोस्टलाई बताउनु भयो ।

बिरगंज महानगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप चौरसिया र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको सहभागितामा बिरगंज महानगर पालिका वडा न. १० स्थित एस.बि.आई. बैंक अगाडी र बिरगंज महानगर पालिका वडा न.६ गेट अगाडिको रोडमा स्पिक ब्रेकर लगाएको थियो ।

यस कार्यक्रममा प्रमुख अतिथि प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि. हिरा बहादुर बुढाथोकि, ग्रिनसिटि सामुदायिक सेवाका उपाध्यक्ष संजय शर्मा, कोषाध्यक्ष ज्योति रूँगटा, व्यवस्थित बिरगंज अभियानका अध्यक्ष दिलिप राज कार्कि र रुँगटा वेल फेयर सोसाइटीका सुरेश रूँगटा लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close