आकस्मिक रक्तदान कार्यक्रममा ६ महिला सहित ३० जनाले गरे रक्तदान ।

बिरगंज , जेष्ठ २९ गते सोमबार ।

भोलेन्टियर समूह बिरगंजको आयोजनामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ६ महिला सहित ३० जनाले रक्तदान गरेका थिए । बिरगंज स्थित रक्तसञ्चार केन्द्रमा केही समूहका रगतको अभाव सृजना भएपछि भोलेन्टियर समूह बिरगंजले सोमबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा मधूशाला फेमिली रेस्टुराँमा भएको थियो । कार्यक्रम प्रमुख अतिथि बिरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले रक्तदान महादान भएको जिकिर गर्दै उमेर पुगेका र स्वस्थ्य व्यक्ति ३-३ महिनाको अन्तरालमा सबैले रक्तदान गर्नुपर्ने बताए । रक्तसञ्चार केन्द्र वीरगञ्जले पर्सा मात्र नभइ छिमेकी जिल्लासहित भारतसमेतका विरामीलाई रगत उपलब्ध गराइरहेको उल्लेख गर्दै मेयर सिंहले केन्द्रको भण्डारण क्षमता बढाउनु पर्ने बताए । उनले यसका लागि महानगर समन्वय गर्न तयार गरेको बताए ।

आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेकोमा भोलेन्टियर समूहका सदस्यहरुलाई धन्यवाद दिँदै अन्य सङ्घसंस्थाहरुले पनि समूहबाट सिक्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ब्लड डोनर्स एसोसीएसन पर्साका अध्यक्ष एवम् वरिष्ठ सञ्चारकर्मी सत्रुधन नेपालले जेठ ३१ गते विश्व रक्तदाता दिवसको अवसरमा संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे । उनले दिवसको अवसरमा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्टभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, वर्षमा दुई वा सोभन्दा बढी पटक रक्तदान कार्यक्रम गर्ने सङ्घसंस्था, वर्षमा चारपटक रक्तदान गर्ने व्यक्ति, आकस्मिक रक्तदाता, आकस्मिक दुर्लभ रक्तदाता, रक्तदान कार्यक्रमका सहयोगीहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

समूहका सदस्य श्याम सर्राफको संयोजकत्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, ब्लड डोनर्स एसोसीएसनका सचिव अरविन्द सिंह, अभिभावक सङ्घ पर्साका अध्यक्ष सन्दीप साह, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, आदर्शनगर चौकीका प्रमुख प्रहरी नायब निरीक्षक सत्यप्रकाश त्रिपाठी , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक रबिन्द्र साह , अकलेश साह , युवा अभियन्ता रवी यादव, भोलेन्टियर समूहका किसु सर्राफ, बिक्की सर्राफ, सौर्या सर्राफ, राधेश्याम गुप्ता, कमलेश कुशवाह, दिनेश कुशवाह, रामविनय गुप्तालगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम सञ्चालन गर्न रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे सहितको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close