वीरगञ्जमा भखरै संचालमा आएका सूर्या हस्पिटल प्रा.लि. वीरगञ्ज्का अन्य अस्पताल संगै लुटनमा व्यस्त

वीरगञ्ज ३ भदौ । वीरगञ्जमा भखरै संचालमा आएका सूर्या हस्पिटल प्रा.लि. वीरगञ्ज्का अन्य अस्पताल संगै लुटनमा व्यस्त वीरगञ्जको छपकैयाँमा रहेको सूर्या हस्पिटल केहि स्पताह अगाडी विभिन्न आधुनिक मेशीन र अत्याधुनिक तरिकाबाट सम्पूर्ण सेवा सुचारुदिने भन्दै यही साउन ८ गते देखि संचालन गरिएको थियो तर एक महिना न वित्दै अस्पतालका संचालन डा.सरोज सिंह र मोनिका सिंहले बिरामीसंग लुट धन्दा सुरु गरेको विरामिका आफन्तहरुले गुणसो गरेका छन ।

अस्पतालले कमिसनको खेलमा उपचारका लागि आउने बिरामीलाई चिकित्सकहरुले तोकिएको ल्याबमा र तोकिएको औषधी पसलमा मात्र जानु पर्ने नियमरहेको र भर्नााभएका विरामी डिस्र्चा पश्चात अनावस्यक शुल्क लिने गरेको पाईएको विरामिका आफन्तहरुको गुणासो रहेको छ ।

विरामीले अन्य ल्याबमा परीक्षण गरिएको रिपोर्ट अस्पतालका चिकित्सकले न हेर्दिने हुँदा तोकिएकै ल्याबमा गएर नमूना परीक्षण गर्न बिरामी बाध्य बनिरहेका छन् ।

यस्तै अस्पतालले बेडचार्जदेखि औषधी सम्मको मूल्य काजगको टुक्रोमा लेखेर यही हो बिल भन्दै दिने गरेको छ । कम्प्यूटर विलिङ सिस्टम हुनु पर्नेमा राजश्व छली गर्न अस्पतालले सादा कागजमै सबै काम गर्ने गरेको हो ।
अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीलाई पनि चिकित्सकले परामर्शसहित उपचार गर्नु पर्नेमा हप्किदप्की गरेर गालि गर्ने गरेको पाइएको छ ।

यसरी समाचर बाहीरीए पनि अस्पतालले मनपरी शुल्कलिएको भन्दै स्थानिय द्धारा पटक पटक विरोध पनि भएको छ । तर अस्पतालले आफनो शुल्कमा कुनैसुधार ल्याएको छैन । अस्पतालले दम्बदेखाउदै आफनो आफनो कार्यलाई यथावत राखने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close