
विलविजक भन्दा बढी मालसामान तथा औषधि ल्याउन खोज्दा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलिले वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टागर स्थित सडकखण्डमा ना. ६ ख ६६६७ नम्बरको मालबाहक ट्रकलाई चेकजाच गर्दा बिलविजक भन्दा बढि भन्सार छली गरेर लायाएको सामान फेला परेपछी प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक ओमप्रकास खनालले जानाकरी दिए ।
पक्राउ पर्नेमा चितवनको राप्ति नगरपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षिय सुरेश कुमार लामा रहेका प्रहरी नायव उपरीक्षक खनालले बताए । पक्राउ परेका सामानको ६५ लाख मुल्यांकन गरि ट्रक र लामा आवश्यक अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




