नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई गृहसचिब द्वारा दर्जानि चिन्ह प्रदान

असार २५,गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नवनियुक्त आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उल्लेख गरेका छन् ।३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली हिजोदेखी प्रहरी सेवाबाट अवकाश भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close