
वीरगंज /५ कार्तिक
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज प्रभु हस्पिटल बिरगंजद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा जिल्ला भरीका महिला प्रहरीको निशुल्क स्वाथ्य चेक जाँच कार्यक्रम सम्पन्न भएको छ।
चाडपर्व र चुनावी व्यस्ततामा समय नपाउने र रोगहरु चेक जाँच गर्न महिला सुरक्षा कर्मीलाई असज भैरहेको हुदा प्रहरी उपरीक्षक रमेश बस्नेत जको पहलमा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा द्वारा निशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महिला सुरक्षाकर्मी सहित ११ जना थुनुवा महिला गरि जम्मा ३४ जनाको चेक जाँच भएको थियो भने उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरिको विशेष उपस्थितीमा महिला सेलका प्रमुख प्र.नी. मनोज कुमार यादब,प्र.स.नी नन्दकला टमटा कार्यक्रम सम्योजक दिलिपराज कार्की लगायत को उपस्थिति रहेको थियो।




