मंसिर महिनाको उत्कृष्ट प्रहरीमा राजेश राज पुरिलाइ प्रहरी उपरीक्षक गङ्गा पन्तद्वारा सम्मानित ।

वीरगंज, पौष १७ गते शुक्रबार ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पर्साको उत्कृष्ट प्रहरीको रुपमा काम गरेकोमा सम्मानित भएका छन । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरीलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको हो ।

प्रहरी निरिक्षक पुरी मंसिर महिनाको पर्सा जिल्लाकै उत्कृष्ट प्रहरीको रहेको भन्दै पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले उनलाई सम्मान पत्र हस्तान्तरण गरी सम्मान गर्नु भएको थियो ।

पुरी गएको असोज महिनाको १८ गतेबाट वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरिक्षकको रुपमा दरबन्दी भई आफ्नो कार्यभार इमान्दारीपूर्वक सम्हाल्दै आएका थिए । उनीले यहाँ जघन्य प्रकृतिका अपराध नियन्त्रण गर्नुका साथै अवैध हतियार पक्राउ, लागुऔषध पक्राउ, चाँदी पक्राउ, विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ, चोरी निकासीमा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण जस्ता कार्यहरु गर्ने गरेका छन् । उनले कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न सफल भएका छन् भने उनले उल्लेखनीय मात्रामा राजश्व समेत संकलन गर्ने कार्य गरेकोले उनलाई प्रहरी उपरिक्षक पन्तले सम्मान पत्रले सम्मानित गर्नु भएको थियो ।

उनले समाजमा शान्ति सुरक्षा कायम गर्नमा विशेष ध्यान दिई विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु समेत समय–समयमा गर्ने गरेकोले उनलाई २०७७ साल मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close