
भाईजान्स अफ बिरगंजले गरिब , असहाय फुट्पाटमा जिवन गुजारदै आएकालाई राहत सामाग्री बितरण गर्दै
बिरगंज , जेष्ठ २० गते मंगलबार ।
भाईजान्स अफ बिरगंजले एक कार्यक्रमको बिच गरिब ,असहाय, फुट्पाटमा रहेको व्यक्तिहरुलाई राहत सामाग्री बितरण गरेको थियो। साथै बिरगंजको हर एक वडामा पहल गरी बितरण गरेको थियो। भाईजान्स अफ बिरगंजद्वारा सो बितरण कार्यक्रममा ५० घरलाई चामल १० किलो, दाल २ किलो, सोयाबिन २५० ग्राम , नुन १ पेकेट , तेल १ लिटर र ग्लुकोज १ प्याकेट बितरण गरेको क्लबको संयोजक नौसाद अंसारीले जानकारी गराउनु भएको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस




