
युवा र प्रहरी को सहयोगमा सेनिटाईजर छर्किेद
राजन कुमार बानिया
पोखरिया २४ बैशाख
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा अाज पोखरिया युवा समाज र ईलाका प्रहरी कार्यालय पोखरिया को संयुक्त अायोजनामा सेनिटाईजर छर्किेएको हो । ताबो ईन्टरनेशनल बिरगंज र प्रदेश सभा सदस्य पहलाद गिरी को सहयोगमा पोखरिया नगरपालिका वडा नं ४ पोखरिया को बाटो र सार्बजनिक स्थल हरु मा सेनिटाईजर छर्किएको हो ।
कोरोना बिरुद्धको लडाई अभियानमा नगरको हरेक वडाहरुमा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी निशुल्क सेनिटाईजर छर्किेने कार्य शुरु भएको अभियानमा खटिएका युवा नौसाद अालम ले बताए ।
कोरोनाले कसलाई चिन्दैन, यसबाट बच्नका लागी हामीहरु सुरक्षा र सतकर्ता अपनाउन आवश्यक रहेको उनले बताए । कोरोना भाईरस बाट बचाउन सरकार ले गरेको लकडाउन को पालना गरि घरमा बस्न अाग्रह गर्दै हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौ ,भिडभाड स्थानमा नजाऔं,माक्स लगाउनु, सुरक्षा सतकर्ता अपनाउं कोरोनाबाट आफुपनि बचौं र अरुलाईपनी बचाउँ उदेश्यकको साथ नगरमा सेनिटाईजर छर्किने कार्य सुरु भएको युवा अालम ले बताए । साथै कोरोना भाईरस नियन्त्रण गर्नेका लागी नेपाल सरकारले लकडाउन गरेकाले सबैलाई पालना गर्ने नगरबासीसंग उनले आग्रह गरे ।
सेनिटाईजर छर्किेने कार्य ट्रेक्टर मा लोडगरी छर्किएको बताए ।सेनिटाईजर छर्किने कार्य मा ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक चन्द्र सिंह, जनता समाजबादी पार्टी का बिधार्थी नेता सुजित गिरी,राकेश महतो,प्रहरी र स्थानिय युवा हरु को सहभागिता रहेको थियोे ।