बिश्व रेडक्रस दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरि मनाए।

बिश्व रेडक्रस दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरि मनाए।

वीरगंज, बैशाख२६ गते शुक्रबार ।

रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जम्मदिनको अवसर पारेर आजका दिन विश्वभरी नै बिश्व रेडक्र्स दिवस मनाउने गरिएकोमा यस बर्ष कोरोना महामारी संक्रमणलाई ध्यानमा राखी पर्सा रेडक्रसले पनि विभिन्न कार्यक्रम गर्दै दिवस मनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका उपसभापति श्रीमती मधु राणाको अध्यक्षतामा झन्डोतोलन कार्यक्रम गरि जन्मदाताको तस्बिरमा माल्याअर्पण गरि पानसमा दिपप्रजवलन गरि सहभागी सबैमा सो दिवसको मन्तव्य सहित शुभकामना आदानप्रदान गर्ने कार्य गरिएको थियो ।

झण्डोतोलन एवं दिपप्रज्वलन पछि स्व.गिरिजा प्रसाद कोइराला फाउन्डेसनको सहयोगमा रेडक्रस भवन र रक्तसञ्चार केन्द्रको भवनलाई सेनिटाइज गर्ने कार्यमा मन्त्री शैलेन्द्र कुमार चौरसीया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहमद एराज, दिनानाथ रौनियार, लालबाबु सिह, भरत शर्मा, राजु शाह, उदर राज शर्मा, उमेश मिश्र, बिरशम्सेर प्रसाद कुर्मी, लक्ष्मीनारायण राउत, मन्ताज मिया लगायतको उपस्थिति रहेको थियो ।

बिश्व रेडक्रस दिवसकै अवसर पारेर नेपाल रेडक्रस श्रीपुरमुर्ली उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम उपशाखाका सभापति दयाशन्कर सिंहको अध्यक्षतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ८ जना महिला सहित ३१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरि शुभकामना एवं धन्यवाद ब्यक्त गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका सुजित पटेल, सन्दिप कुश्वाहाले प्राबिधिक सहयोग गरेका थिए ।

यस्तै रेडक्रस दिवसको अवसरमा पर्सा रेडक्र्स अन्तर्गत रहेका उपशाखाहरुले समेत विभिन्न कार्यक्रम गरि दिवस मनाएको रेडक्र्स पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close