
वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाको वजार व्यवस्थापन तथा अनुगमन समितिको अनुगमन निरन्तर जारी राखेको छ।
वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको सयोजक उप-मेयर इम्तियाज आलमको सयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु जस्तै वीरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,नेहा मिश्र,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि मनिस गुप्ता ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, वीरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास, पत्रकार राहुल कुमार गुप्ताको उपस्तिथिमा अनुगमन को क्रममा वीरगंज महानगरपालिका वडा नं १६ नगवा स्थित एकान्स किरानामा अनुगमन का क्रममा बिना लेबलको कुनै समान बिक्री वितरण नगर्न निर्देशन दिएको छ साथै ३ दिन भित्र व्यवसायिक प्रमाण पत्र लिन निर्देशन दिएको थियो ।
साथै अनुगमन कै क्रममा वीरगंज महानगरपालिका वडा नं २६ नगवा स्थित नितेस किराना मा अनुगमन को क्रममा फुरन दाना १२ थान स्पायर भएको लाइ पसल धनि तथा अनुगमन टोलि को रोहबरमा नष्ट गरिएको थियो।
साथै अनुगमन कै क्रममा वीरगंज महानगरपालिका वडा नं १६ नगवा स्थित ऋषी टेरेड्र्स मा बिना लेबल को कुनै समान बिक्री वितरण नगर्न निर्देशन दिएको थियो साथै ३ दिन भित्र व्यवसायिक प्रमाण पत्र लिन निर्देशन दिएको थियो।
साथै एकान्स किराना का संचालक ओमप्रकाश बर्णवाल, नितेश किराना का संचालक मधुसुदन प्रसाद तथा ऋषी टेरेड्र्स का संचालक शशीकान्त गुप्ता लाइ मुल्य सुचि राखन,व्यवसायि प्रमाण पत्र राखन,बिना लेबल को सामान बिक्री वितरण नगर्न ,स्पायर सामानहरू बिक्रि बितरण नगर्न अनुगमन टोलिले आदेश दिएको थियो ।
गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबलाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराईयो।