छठ पर्बको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लब द्वारा रक्तदान कार्यक्रम सम्पन्न

राहुल गुप्ता
वीरगंज । हिन्दुहरुको महान पर्ब छठको उपलक्ष्यमा वीरगंज स्थित घडिअर्वा स्पोर्ट्स क्लबले रत्कदान कार्यक्रम सम्पन्न गरेको छ। घडिअर्वा स्पोर्टस क्लवको आयोजनामा घडिअर्वा पोखरीमा गरिएको रक्तदान कार्यक्रम मा ४८ पोका रगत संकलन भएको छ ।

घडीअर्वा स्पोर्टस क्लबको आयोजनामा तथा छठ पूजा व्यवस्थापन समितिको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले रक्तदान मानवताको सर्वोच्च सेवा भएको र यस प्रकारका कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि हुने बताएका थिए ।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले घडिअर्वा स्पोर्ट्स क्लब द्वारा आयोजित रक्तदान कार्यक्रमले ब्लड बैंक लाई रगतको कमी नहुन दिन सहयोग गर्दै आएको बताए ।त्यस्तै उनले रक्तदानले विशेषगरी छठ पर्वको समयमा वीरगञ्ज र आसपासका क्षेत्रका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु,क्लबका अध्यक्ष सन्तोष साह, खुशी मरहठा,लखनलाल गुप्ता,नेहा ठाकुर,अमृता मल्लीक,आनन्द साह ,अंगद साह, रोशन साह कानु,प्रमोद यादव, मनोज कलवार,गायत्री कुमारी , जितेन्द्र सिंह, घनश्याम गुप्ता,बलिराम साह लगायतका रगत दान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष गुप्ताको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु,पूर्वअध्यक्षहरु प्रमानन्द साह कानु, रामनगीना साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह , कोषाध्यक्ष कन्हैया गुप्ता ,क्लबका उपाध्यक्ष मनोहर साह लगायतको पनि उपस्थिती रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close