
छपकैया निवासी समाजसेबि मनोज राउत कुर्मीद्वारा गरिब तथा बिपन्न परिवारहरुलाई हरियो तरकारी बितरण
बिरगंज , जेष्ठ ०६ गते मंगलवार ।
वीरगंज महानगर पालिका वडा न.१ छपकैया निवासी मनोज राउत कुर्मीले आफ्नो व्यक्तिगत खर्चमा आज गरीब तथा बिपन्न परिवारहरुलाई हरियो तरकारी बितरण गरेका छन। लकडाउन शुरू भए पछि उनले बीरगंज महानगरपालिका बड़ा न.१ का अतिविपन्न, विपन्न, गरीब, दलित र अति प्रभावित परिवारलाई राहत वितरण गर्दै आएका छन्।
उनले छपकैयाको बिभिन टोलमा रहेको १५०० ( पन्द्र सय) परिवारलाई ५ केजीको दरले राहत बितरण गरेका छन। हरियो तरकारिमा भिंडी,करेला, बोडी, घिडउला रहेको छ।पहिलो चरणमा एक हजार परिवार लाई प्रति परिवार दुई किलो पीठो वितरण गरेका थिए। सामाजिक कार्यमा लोकप्रिय रहेका मनोज राउत कुर्मीको छपकैया क्षेत्रमा आफ्नो एउटा छुटै पहिचान रहेको छ।
दोस्रो चरणमा कुर्मीले सोही क्षेत्रका बारह सय परिवारलाई प्रति परिवार चामल ५ किलो, आलु २ किलो, नून १ प्याकेट र सोयाबिन आधा किलो राहत वितरण गरेका थिए। तेस्रो चरणमा सम्पूर्ण बड़ामा सेनिटाइजर समेत गराएका थिए।
आज चौथो चरणमा हरियो तरकारी बितरण गरेका छन।बीरगंज महानगरपालिका बड़ा न.१ छपकैयामा रहेको बिभिन टोल जस्तै बजार छपकैया , दुसाध, दलित, धाँगड जातिका बस्ती रहेको शान्तिटोल, नैकाटोल, सिसौंबारी, चित्रगुप्तनगर राहत बितरण गरेको कुर्मीले बताए। साथै बड़ा न.१ छपकैया नजिक रहेको बड़ा न.२ र ३ का परिवारलाई समेत राहत बितरण गरेका छन। आवश्यकता अनुसार सेवाकार्य जारी रहने कुर्मीले बताए।




