बिन्दबासिनी गाउँपालिका वाड नं ५ टोल प्रसौनीमा स्वास्थ्य चौकीको उदघाटन कार्यक्रम

पर्सा , असार १७
बिन्दबासिनी गाउपालिकाकी उप प्रमुख किरण देवीले शुक्रबार बिन्दबासिनी गाऊँपालिका वडा ५ प्रसौनिमा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन गरेकी छिन।बिन्दबासिनी गाऊँपालिकाकी उप प्रमुखको बजेटबाट ३ लाख रुपैयाँको लागतमा प्रसौनिमा रहेको पुरानो बिधालय भवनको मर्मत साम्भर गरी स्वास्थ्य चौकी बनाएर आजै ४ लाख बराबरको औषधि राखी उद्घाटन गरिएको गाऊँपालिका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले बताए।

पहिला देखी वडा नम्बर ५ को बड़सवारामा स्वास्थ्य चौकी छ तर प्रसौनिबाट ३ किलोमीटर टाडा रहेको हुनाले बिरामीलाई चेकजाँच गराऊँन जान समस्या भएकोले उक्त समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य चौकी बनाइएको उप प्रमुख किरण देवी बताईंन।

उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सुकदेव राउट अहिर, स्वास्थ्य संयोजक नरेश चौहान , समाजसेबी बब्लू गुप्ता लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close