बिरगंज जेसिज र सामुदायिक सेवा केन्द्र बिर्ताको सन्युक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० जनाले गरे रक्तदान ।

बिरगंज , भदौ १० गते बुधबार ।

बिरगंज जेसिज र सामुदायिक सेवा केन्द्र बिर्ताको सन्युक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

बिरगंज वडा न.४ स्थित बिर्ता बजारमा बिरगंज जेसिजका अध्यक्ष मुकेश सिंह र सा. से. के .का अध्यक्ष शालिकराम प्रसाद साह कानुको संयुक्त सभापतित्वमा गरिएको आकस्मिक रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेहरुमा सन्जिवनी चौधरी , शेखर चौधरी , सुमन राना , रवि धमला , कमरुल अन्सारी , मनिश श्रेष्ठ ,अजय गुप्ता लगायतकाले रक्तदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close