
बिरगंज , जेष्ठ २५ गये आइतबार ।
बिरगंजलाई ग्रिन जोन बनाउने प्रतिबद्धताका साथ अगाडि बढी रहनु भएको बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीले पिसिआर मेसिन खरिदको लागी विभिन्न संघ-सस्थाहरुलाई सहयोग गर्न गर्नु भएको आह्वानलाई उनकै छोराले सहयोग गतेको छ ।नगर प्रमुख सरावगीका छोरा केशव सरावगीले महानगरको कोषमा एक महीनाको तलब बराबरको रकम हस्तारन्तरण गरेका हुन् । केशवले महानगरमै पुगेर प्रमुख सरावगीलाई रू. ५१ हजार नगद प्रदान गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




