
बाराकाे जितपुर उप महानगरपालिका २१ मा धानकाे बीउ, मल तथा किटनाशक औषधी वितरण
वीरगंज १३ जेठ
बाराकाे जितपुरसिमरा उप महानगरपालिका वडा नं. २१ काे वडा कार्यालयले धानकाे बीउ, मल तथा किटनाशक औषधी वितरण गरेकाे छ । कृषकहरुलाई हाइब्रिड शंखर धान तथा लाेकल साबित्री धानकाे बीउ वितरण गरिएकाे वडाध्यक्ष कृष्ण शाही ठकुरीले जानकारी दिए । यसका साथै कृषकहरुलाई रसायनिक मल र किटनाशक औषधी समेत वितरण गरिएकाे वडाध्यक्ष ठकुरीले वताए । वडा अन्तर्गतका ६५ कृषकहरुलाई अनुदान स्वरुप निशुल्क रुपमा धानकाे हाइब्रिड बीउ, रसायनिक मल र किटनाशक औषधी वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




