
बिरगंज , असोज २४ गते शनिबार ।
प्रभु हस्पिटलको प्रथम स्थापना दिवसको अवसरमा कोरोना महामारीमा रगतको अभावलाई मध्य नगर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली बिरगंजको आयोजनामा शनिबार अस्पताल प्राङ्गणमा हस्पिटलका संचालक एवम् वरिष्ठ सर्जन डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्य भएको सो रक्तदान कार्यक्रममा ७ महिला सहित ६४ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेहरुमा निशा गुप्ता , अनिता यादव ,श्रेया गुप्ता , अप्सरा गुप्ता , जोबिना महर्जन ,नितवानी खातुन , मनिषा पन्त , नेपाली सेनाका कर्णेल मदन जङ्ग राणा , ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित , रिन्कु कुमार , उपेन्द्र प्रसाद यादव , जाकिर हुसेन , अरुण कुमार गुप्ता , मनोज साह , मलमल गुरुङ , गोबिन्द अधिकारी , सुरेश परियार , बिजय गुरुङ , कुमार कार्की लगायतकाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता , नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जसपाका नेता नेजामुदिन समानी , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सुषमा दुबेदी तिवारी , नेकपाका जिल्ला सदस्य प्रभाकर गुप्ता , बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य , सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा , वडा न.६ का वडा अध्यक्ष धुर्व नेपाल , वडा न.८ का वडा अध्यक्ष राज किशोर गुप्ता , महिला नेतृ रम्भा मिश्र , बिपत व्यवस्थापन प्प्रदेश न.२ का प्रहरी निरीक्षक सरोज प्रजापति , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरि , जिल्ला ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , प्स्प्रिट क्लबका अध्यक्ष ओजन गुप्ता , प्याप्सनका छेदुप लामा , मार्टिन सर , ब्लड बैंक बिरगंजका प्रमुख सौरब राज पान्डे लगायतकाको उपस्थिति रहेको कार्यक्रम संयोजक दिलिप राज कार्कीले पर्सा पोस्टलाई बताउनु भयो ।




