किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको :नगर प्रमुख शाह  

किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको :नगर प्रमुख शाह

कृष्णनगर, जेष्ठ २१
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसान का लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।
कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा. वि. मा उक्त विउ वितरण भइ रहेको छ ।

किसान को विउ छर्ने बेला रहेका ले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

१८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,us ३०५ जुन १२५-१३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।

कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।

किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close