नेपाल इण्डो हस्पिटल प्रा. ली. मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व व्यापी फैलिएको कोरोना महामारीको बीच देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल इण्डो हस्पिटल प्रा. ली. मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हस्पिटलका निर्देशक चन्द्रशेखर को अध्यक्षतामा सम्पन्न रक्तदानमा ४ महिला सहित २२जनाले रक्तदान गरेको हस्पिटल का कोर्डिनेटर करण पटेल ले बताउनु भयो ।

उक्त रक्तदान कार्यक्रममा करण राउत , सुमित सिंह , निकिता पाण्डे , रिना देवी र रोशनी लामा लगायत ले रक्तदान गर्नु भएको थियो भने अखिल नेपाल प्रगतिशील जनस्वाथ्य कर्मी महासंघको केन्द्रीय सचिव सुबास गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close