
अजित भुजेल
बिरगंज , फागुन २५ गते मंगलवार ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजको आयोजनामा ८५ औ त्रिमुर्ति शिव जयन्तीको पावन अवसरमा बिश्व दर्शन भवन ( ओम शान्ति भवन ) छपकैया-२ बिरगंजको प्राङ्गणमा रक्तदान तथा नेत्र परिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा ६ महिला सहित २५ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा दुई दिदि- बहिनी रन्जु चौधरी र सन्जु चौधरी , राम देनि जैसवाल , जसोदा देबि , निपुल कुस्वाह , मन्जु यादस , BK राजु घले , BK गोवर्धन चौधरी , BK छोटेलाल प्र. कलवार , BK रबि कुमार , उत्तम कुमार साह , आनन्द कुमार साह ,उमेश कुसवाह , राजेश कुस्वाह , पवन कुमार शर्मा , सुमित कुमार अग्रवाल , बिकास राउत , ईजहार अहमद , रितिक अग्रवाल , श्याम प्रबेश कुमार , अजय चौरसिया , पुस्प कुमार श्रेष्ठ , शशि कृष्ण यादव लगायतकाले रक्तदान गरेका थिए ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका क्षेत्रीय सन्चालिका रबिना दिदिको सभापतित्वमा र नेपाल चिकित्सक संघ पर्साका अध्यक्ष अरुण कुमार कर्णको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उप- सभापति एवं ब्लड डोनर्स एसोसिएसन पर्साका संयोजक श्रीमती मधु राणा , BK राजु घले , सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजका अध्यक्ष ग्यासुदिन ठकुराई , नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , एभि न्युजका अनिल साह लगायतकाको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य ओमशान्ति भवन चपकैया-२ का सन्चालिका बेलि दिदिले र कार्यक्रम सन्चालन BK गोकुल भाइ जि ले गर्नु भएको थियो ।