
अजित भुजेल
बिरगंज , जेष्ठ २८ गते शुक्रबार ।
दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञाको कारणले भोकै पेट बस्नु परेका नारायणी अस्पतालका कुरूवाहरूको पेट भर्न आज शुक्रबार साँझ ३३ औं दिन पनि साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रा. लि. ले नारायणी अस्पताल को प्रागंणमा साँझको नि:शुल्क भोजन वितरण निरन्तर गर्दै आईरहेको सस्थाका संयोजक राजेशमान सिंहले जानकारी गराउनु भयो ।
सो भोजन बितरण कार्यमा रूपेश मान सिंह ,जयप्रकाश महतो ,सुधीर कर्ण, वाल्मीकि सोनार ,अफरोज आलम ,किशोर सिंह ठकुरी , बिक्रम श्रेष्ठ ,मन्दीप ठकुरी , बिनोद बैठा, संजय साह, दशरथ बैठा, सुरेन्द्र चौरसिया , राजा चौरसियाले सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




