छपकैया निवासी समाजसेबी जेयाउल हकले १०० घरपरिवारलाई राहत बितरण गरे ।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार ।

बिश्व अहिले कोभिड -१९ कोरोना भाईरसको माहामारिको त्रासमा गुज्रिएको बेला नेपाल पनि अछुतो रहेन , नेपालमा पनि कोरोना भाईरसको प्रकोपबाट बच्न नेपाल सरकारले यहि चैत्र ११ गते देखी लकडाउन जारी गरे पछी यसको मारमा सबैभन्दा बढी गरिब , असहाय र अतिबिपन्न परिवारहरु परेका छन ।उनिहरुलाई एक छाक खानको लागी धौ- धौ भैई रहेको छ ।लकडाउन भएको आज ७४/७५ दिन भैई सक्यो नत सरकारले राहतको व्यवस्था गरेको छ, नत लकडाउन नै खुल्ला गरेको छ ।

कोरोना लागेर मर्ने नभएर आम जनता खान नपाएर भोक भोकै मर्ने छन ।यस्तो अवस्थामा पर्सा बिरगंज महानगर पालिका वडा न.२ छपकैया निवासी समाजसेबि जेयाउल हकले आज १०० घर परिवारहरुलाई राहत सामाग्री बितरण गरेको छ ।यसै गरि सम्पुर्ण मानवभावहरुलाई आग्रह र विनम्र अनुरोध छ कि यस्तो बिपतको अवस्थामा सबैले आआफ्नो तर्फबाट जे जति सहयोग गर्न सक्नु हुन्छ भने गर्नुस ।तपाईको सानो सहयोगले ति भुखाहरुको ज्यान बाच्न सक्छ र आशिर्वाद पनि दिने छ ।धन्यवाद सहयोगको लागी ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close