मोटरसाईकल चोरी गरिरहेको अवस्थामा दुई जना वीरगंजबाट पक्राउ

वीरगंज – मोटरसाईकल चोरि गर्दै गरेको अवस्थामा वीरगन्जबाट ३ जनलाई पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ शिरोमणिमा डेरा गरी बस्दै आउनुभएका आर्यन गुप्ताको प्रदेश २–०३ –०१३ प २४५७ नम्बरको पल्सर मोटरसाईकल चोर्दै गरेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

गुप्ताले सडक छेउमा पार्किंग गरेर राखेको मोटरसाईकललाई चोरी गर्दै गरेको अवस्थमा प्रहरीले वीरगंज महानरपालिका वडा नम्बर १५ बस्ने २० बर्षीय महतो र  २१ बर्षीय सुवास तिवारीलाई पक्राउ गरेको छ ।

त्यसैगरी घण्टाघर स्थित सडक छेउमा पार्किंग गरी वीरगंज १४ बस्ने दिलिप पाण्डेको ना २५ प ८६६९ नम्बरको पल्सर मोटरसाईकल चोर्दै गरेको अवस्थमा बाराको कोल्भी नगरपालिका वडा नम्बर ९ बस्ने १९ बर्षीय सबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तिनै जनामाथि  चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close