
बिरगंज , जेष्ठ २५ गते आइतबार ।
आज जून ७ , बिश्व खाद्य स्वच्छता दिवस ।आज नेपाली खाद्य बजार स्वच्छ, सुरक्षित,गुणस्तरीय र बिस्वस्निय किन छैन ? कसरी अब उचित नियमन गर्न सकिन्छ ? गम्भीर समिक्षा गर्ने दिन । उपभाेक्ता हित संरक्षण मञ्च को तर्फबाट यि कुरामा आज गम्भीर समिक्षा होस् भन्ने अपेक्षा गरिन्छ ।
१) गोठदेखि ओठसम्म आलिदेखि थालीसम्म खाद्य सुरक्षित र बिस्वस्नियता हुनुपर्नेमा नेपाली बजारमा उपलब्ध खाद्य पर्दाथमा किन सधैं र सबै उपभोक्ताको गुनासो भइरहेको छ? बढीरहेको छ ?
२)संविधानको धारा ३५ र ४४ को आधारमा उपभोक्ताको सहभागिता सहित खाद्य स्वच्छता ऎन कानुन जारी गर्नुपर्नेमा अझै किन बाजेको पालामा बा २०२३ सालमा जारी खाद्य ऎनबाट खाद्य स्वच्छताको नियमन गर्न खोजिदै छ । प्रस्तावित कानुनमा पनि उपभोक्ता सहभागिता लाई हटाइ किन खाद्य नियमनमा उपभोक्ता सहभागिताको लागि अरु नियमन निकायको साहारा लिन बाद्ये पार्न खोजिदै छ ?
३)नियमन गर्ने अधिकारी आफैले खाद्य पर्दाथको नमुना लिइ प्रमाणित गर्नुपर्नेमा अझै किन आपूर्तिकर्ता र आयातकर्ताले परिक्षण गर्ने प्रयोगशालामा ल्याएको नमूनालाई परिक्षण गरि गुणस्तर परिक्षण प्रमाणित गर्ने गरिन्छ ?
४) खाद्य पर्दाथको उद्योग र बजारमा अझै किन प्रयाप्त अनुगमन किन भैरहेको छैन?
५) खाद्य पर्दार्थ आयात हुने भन्सार केन्द्रमा २९ प्रतिबन्धित बिषादि सबै परिक्षण गर्नुपर्नेमा अझै किन कार्बामेट र आर्गनोफोस्फेट मात्रै परिक्षण गरि अरु बिषादि परिक्षण नगरी बिषादी परिक्षण भएको भनी प्रमाणपत्र दिइन्छ ?
६) किन खाद्य बजार , ब्यापारमा अनुसन्धान छैन? किन उपभोक्ता सचेतता र शिक्षामा लगानी छैन? खाद्य गुणस्तर परिषद नेपालमा छ बा छैन? भए कहाँ छ होला ?
७) कसैले सघ, प्रदेश र स्थानीय सरकारको खाद्य नियमनमा कार्यबिभाजन खोजी गर्यो भने अझै किन पाइदैन ? हामीलाई बिश्वास छ, आजको बिश्व खाद्य स्वच्छता दिबसमा र आज हुने कार्यक्रममा यि विषयहरुमा जबाफ पाइनेछ , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाले बताउनु भयो।




