बिरगंज महानगरको कोरोना बिपद कोषमा आज एकै दिन विभिन्न व्यवसायीहरुद्वारा २७ लाख सहयोग , सहयोग आउने क्रम जारी नै छ ।

बिरगंज , असार ०४ गते बिहीबार ।

बिरगंज महानगर पालिकाको बिपद कोषमा आज बिहीबार एकै दिन २७ लाख बराबरको चेक सहयोग प्राप्त भएको छ ।

बिरगंज महानगर पालिकाले कोभिड-१९ कोरोना भाईरस बिपद कोषको लागी उद्योग , व्यवसायी र विभिन्न संघ सस्थाहरु सङ्ग सहयोगको लागी आव्हान गरे पछी बिरगंज महानगर भित्रका औद्योगिक ब्यवसायिक घरानाहरुद्वारा बिरगंज महानगरलाई सहयोग गर्ने क्रम जारी रहेको छ ।बिहीबार मात्र २७ लाख रुपैयाको चेकहरु मेयर विजय कु.सरावगी ज्युलाई व्यवसायिक साथिहरुले हस्तान्तरण गरेका छ्न ।

सहयोग गर्ने हरुमा एरोटक प्रा.लि. २ लाख ५० हजार , एपेक्स फर्मासिटिकल्सले २ लाख ५० हजार , इन्दुशेखर चिनी मिलले ५ लाख, नारायणी तेल रिफाईनरि उधोगले १० लाख , knp जपान प्राइभेट लिमिटेडले २ लाख र चाओ बिरो फिड इन्डस्टिर्जले ५ लाख गरि जम्मा रु. २७ हस्तान्तरण गरेका थिए ।

मेयर सरावगिले कोरोना रोकथामको लागी विभिन्न व्यवसायीहरुले यस्तो परिस्थितिमा पनि समाजिक दायित्व अनुसार आफ्नो तर्फबाट सहयोग गरेकोमा सबै सहयोगी दाताहरुलाइ धन्यवाद दिदै बिरगंज महानगरलाई तुरुन्तै ग्रिन जोन , कोरोना मुक्त सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close