हुण्डी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिक वीरगंजबाट पक्राउ

प्रहरीले हुण्डी कारोबार गर्ने २  जना भारतीय नागरिकलाई वीरगंजबाट पक्राउ गरेको छ ।

चेकजाचमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीको टोलीले रक्सौलबाट वीरगंज आउने क्रममा ६ लाख ५४ हजार नगद सहित  भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण ढाका बस्ने ४८ बर्षीय जादोलाल साह र छौडादानो बस्ने ३८ बर्षीय बिगन साहलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो  ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close