
राजन कुमार बानिया ,पोखरिया २९ भदौ। कांग्रेस निकट (ने. बि. संघ) पोखरिया नगर कार्य समिति द्वारा आज बाल दिवसको अवसरमा बन्दाबन्दी हुदाहुदै पनि बालबालिकाहरुको अध्यनमा सहजता होस भनी ख्याल र समाजिकदुरी कायम गरि श्री नेपाल रेडक्रस प्राथमिक बिधालय पोखरिया -४ मा ६५ जनालाई र श्री राधा कृष्ण प्राथमिक बिधालय – ५ सतवरियामा ७० जना बालबालिकाहरुलाई पाठ्यसामग्री क्रमश: कापी, पेन्सिल, ईरेजर, कट्टर, सर्जिकल माक्स, मिठाई लगायत सामग्री बितरण गरियो।
सो कार्यक्रम ने.बि.संघ पोखरिया नगरपालिका संयोजक सन्तोष महतोको अध्यक्षतामा भएको कार्यक्रममा राजेश गिरी, मनोज कलवार, अकलख आलम, निरंजन क्षेत्री, नवल ठाकुर,जयप्रकाश ठाकुर लोहार, क्युम आलम, सन्जय चौहान, नन्दकिशोर यादव, ओमकार रौनियार, रुसतम आलम, र साथै पोखरिया युवा समाजका अगुवा नौसाद आलमको पनि सहभागीता रहियो। आलम, र साथै पोखरिया युवा समाजका अगुवा आदरणीय नौसाद आलम लगायतको पनि सहभागीता रहियो।




