वीरगंज फुड बैंकले तेश्रो दिन पनि राहत वितरणलाई निरन्तरता दिदै ।

बिरगंज , भदौ २५ गते बिहीबार ।

मंगलबार देखी अखिल नेपाल पिछडा वर्ग (OBC) महासंघ पर्साको आयोजना र श्रीपुर वडा प्रहरी कार्यालयको सहकार्यमा राहत वितरण सुरु गरिएको थियो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी दैनिक ज्यालादारी गरु गुजारा चलाउने तथा विपन्न परिवारका लागि राहत वितरण गर्न सुरु गरिएको ओबिसिका जिल्ला अध्यक्ष साहले प्रहार डेलीलाई जानकारी दिनु भएको थियो ।

फुड बैंकले “हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ “भन्ने नाराका साथ यो कार्यक्रमको सुरुवात गरेकोे थियो ।,

ओबिसिले अभियान अन्तर्गत आज ३ घर परिवारलाई राहत वितरण गरेकोे छ । अध्यक्ष साहका अनुसार सहयोगका आवश्यकता भएका व्यक्तिहरुले जानकारी गराएपश्चात घर मै राहत पुर्याइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close