७ महिला सहित ३२ जनाद्वारा रक्तदान ।

बिरगंज , असोज १२ गते सोमबार ।

बिरगंजमा रगतको अभाव भए सङै रगत पुर्ती गर्न समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा सोमबार त्रिमुर्ती हल परिसरमा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधानको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको प्रमुख आतिथ्य भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं जेष्ठ नागरिक जगदिश शर्मा लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close