सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा मानवसेवा आश्रम बिरगंजमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना ।

वीगञ्ज , असोज १५ गते बिहीबार ।

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र पर्साले भोर संस्थाको संयोजनमा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम वीरगञ्जमा नि:शुल्क स्वास्थ्य शिविरीको आयोजना गरेको छ ।

आश्रममा आश्रित ३५ जना आमाबुवा तथा बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै रोग प्रतिरोधाताम्क शक्ति वृद्धि गर्ने औषधि पनि वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिनु भयो। शिविरमा केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले आमाबुवाहरुको स्वास्थ्य परिक्षण गर्नका साथ् पेट रोग, बाल बर्धक, इम्युनो बुस्टर, रसायन औषधि तथा गुरुची चिया लगायतका अन्य औषधिहरु वितरण गरेका थिए ।

उनले कोरोनाभाइरस नियन्त्रणमा आयुर्वेदिक औषधि प्रभावकारी देखिएको भन्दै सबैलाई आयुर्वेदिक औसधि र उपचार प्रयोग गर्न सल्लाह दिएका थिए ।

कार्यक्रममा केन्द्रका कविराज नागेन्द्र प्रसाद पटेल, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको सहभागिता रहको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close