सुगौलीमा दलित समुदायलाई राहत वितरण ।

बिरगंज , कार्तिक २५ गते मंगलवार ।

पर्सा जिल्लाको सुगौलीमा दलित समुदायलाई राहत बितरण गरेको छ ।
नेपाली कांग्रेस वडा समिति वीरगंज महानगरपालिका वडा नं.२६ सुगौलीका सभापति शम्भु मिश्रको अध्यक्षता मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा तराई मधेश समन्वय विभागको प्रमुख अजय चौरसियाको प्रमुख आतिथ्यमा र वरिष्ठ पत्रकार चन्द्र्किशोर झाको समन्वयमा नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मन्चको बिशेष सहयोगबाट सुगौलीको दलित बस्तीमै पुगेर ३७ जना दलित परिवारलाई प्रमुख अतिथि तथा अतिथिहरूद्वारा राहत वितरण गरेको थियो ।

राहत बितरण कार्यक्रममा महासमिति सदस्यहरु नेता रामरूप कुर्मी,प्रेमचंद्र दुबे,सुखल पासवान, तराई मधेश समन्वय विभागका सदस्य पंडित पुरूषोतम दुबे,विद्यार्थी नेताहरु रंजीत पटेल ,मनोज साह उपनिवेश चौरसिया, सुगौलीका नेताहरू जयराम साह,रामयोध्या मिश्र,महमुद मिया, प्रदीप पटेल, सन्नी दुबे लगायत नेता र स्थानीयको व्यापक उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण दलित नेता तथा महासमिति सदस्य शिवनारायण रामले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close