
अजित भुजेल
बिरगंज , जेष्ठ ०९ गते आइतबार ।
नेपाली काङ्ग्रेस पर्सा क्षेत्र – १ ले कोभिड -१९ को विषम परिस्थितिमा लगाइएको लकडाउनलाई ध्यानमा राखी दिन दुखी असहाय दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाइ निशुल्क भोजन चिकन बिरियानी बितरण गरेको छ ।
नेपाली काङ्ग्रेस पर्सा न. १ का क्षेत्रीय सभापती विजय सरार्फको अध्यक्षतामा भएको सो निशुल्क भोजन बितरण कार्यक्रममा वडा ४ का वडा अध्यक्ष जगत साह कानुको बिशेष उपस्तिथि रहेको थियो भने वडा सदस्य राधा कार्की , रामेश्वर गुप्ता,मजिद मिया अन्सारी, लालबाबु सिंह लगायतको उपस्तिथि रहेको सो कार्यक्रममा आज पहिलो दिन आइतबार ५० जनालाई चिकेन बिरियानी पैकिङ्ग पैकेट बितरण गरिएको थियो । सो कार्यक्रम अब निरन्तर सुचारु रुपमा आयोजन हुने सभापती सरार्फले जानकारी दिनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




