
बिरगंज, मंसिर ३ गते बुधबार ।
जसपा नेपाल कि केन्द्रिय सदस्य रम्भा मिश्राले आफ्नो निजि खर्चबाट वीरगन्ज आसपासका मधेस आन्दोलनका शहीद परिवार र सिकिस्त घाइतेहरुको घर घर मै पुगि साडी सहित छठ पर्वको सामाग्री बितरण गरेकी छिन।
शहीद दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ गोढ, जय प्रकाश साह र सिकिस्त घाइते मुन्सी पटेलको घर पुगि छठपर्वको शुभकामना आदानप्रदान र भेटघाट गर्दै उक्त सामाग्री बितरण गरेकी छिन। महान वीर शहीदहरुको योगदान अतुलनीय रहेको र वहाँहरुको सम्मानमा थोरै भए पनि हरेक साल झै यो वर्ष पनि शहीद परिवारको घर घर मैं पुगि सामग्री बितरण गरेकी , तत्कालीन राजपाबाट उप मेयर कि उम्मेदवार समेत रहेकी छिन् ।
बितरण गर्ने टोलिमा वीरगन्ज कपडा बैंकका संयोजक बृजेश्वर चौधरी , समाजिक अभियन्ता प्रकाश थारु , कन्हैया पटेलको सहभागीता रहेको थियो। यसै गरि वीरगन्ज कपडा बैंकको आयोजनामा विभिन्न दलित र बिपन्न परिवारलाई पनि नयाँ साडी बितरण गरिएको कपडा बैंकका संयोजन बृजेश्वर चौधरीले बताएका छन।




