
नेपाल बाल संगठन पर्साले बाल संगठन सर्लाहीले सञ्चालन गरेको बालगृहको अवलोकन तथा निरिक्षण गरेको छ । पर्सामा पनि बालगृह सञ्चालन गर्ने तयारी गरीरहेको समयमा सर्लाहीको बालगृहको अवलोकन गर्न बाल संगठन पर्साको टोली सर्लाही पुगेको हो ।
संगठनका पर्सा जिल्ला सभापति रामकिशोर सिँह परागको नेतृत्वमा संगठनका सदस्य हेमन्त तामांग, सामाजिक अभियानता भेष चौरसिया लगायतको टोली अवलोकन गर्न गएको हो । सो अवसरमा बाल संगठन सर्लाहीका सभापति समीम खानले बाल संगठन सर्लाहीले सञ्चालन गरेका गतिविधि र आगामी दिनमा गर्ने योजनाहरुको बारेमा अवगत गराउनुभएको थियो ।
साथै पर्सा जिल्ला संगठन र सर्लाहीको संगठनका पदाधिकारीविच बालसंगठनलाई कसरी चलायमान बनाएर क्रियाशिल बनाउने भन्ने बारे पनि छलफल भएको संगठन पर्साका सदस्य हेमन्त तामांगले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




